दफा २५
परिषद्को कोष
(१) परिषद्को एउटा छुट्टै कोष रहनेछ ।
(२) परिषद्को कोषमा देहाय बमोजिमका रकमहरू रहनेछन्ः–
(क) नेपाल सरकारबाट प्राप्त रकम,
(ख) स्वास्थ्य व्यवसायीहरूको नाम दर्ता दस्तुर बापत प्राप्त रकम, र
(ग) अन्य स्रोतबाट प्राप्त रकम ।
(३) परिषद्को कोषको सञ्चालन परिषद्ले तोके बमोजिम हुनेछ ।